आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी ‘एफए कप’ को पाँचौं चरणमा प्रवेश


काठमाण्डाै, माघ १४ । आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी ‘एफए कप’ फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो।

सिटीलाई जित दिलाउन नाथन एकेले ६४ औं मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो।

पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ।