Logo

रबिको फैसलामा माओवादी महासचिवको प्रतिक्रिया- न्यायालयको इतिहासमा सर्वोच्चले महत्वपूर्ण निर्णय गर्‍यो



काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण निर्णय गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको नागरिकता ऐनले व्यवस्था गरेको प्रकृया पुरा नगरेसम्म एकपटक नागरिकता त्याग गरेको व्यक्ति नेपालको नागरिक बन्न नसक्ने बताएका हुन् ।

‘सर्वोच्च अदालतले जे गर्‍यो त्यो ठीक गर्‍यो भन्ने लाग्छ । नेपालको न्यायालयको इतिहासमा एउटा महत्वपूर्ण निर्णय आज सर्वोच्च अदालतले गर्‍यो । नेपालको नागरिकता ऐनले दोहोरो नागरिकता स्विकार गरेको छैन । उहाँ (रबि) ले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः निष्क्रिय हुन्छ । नेपालको नागरिकता लिन नयाँ प्रकृयाबाट सुरु गर्नु पथ्र्यो त्यो प्रकृयामा गएको देखिएन,’ उनले भने । रबिको फैसलाले सत्ता गठबन्धनमा कुनै असर नहुने उनको दाबी छ । निर्वाचन जितेर आएको अरु सांसदको पद कायमै रहने र राष्ट्रिय स्वतन्त्र पार्टी पनि कायम रहने उनले बताए । निर्वाचन आयोगले दल दर्ताका क्रममा ठूलो गल्ती गरेको उनको दाबी छ ।

निर्वाचन आयोगले दल दर्ता गरेर सांसद स्विकार गरेको व्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल विस्तारमा ध्यान दिन आवश्यक नठानेको उनले बताए । प्रधानमन्त्री भन्दापनि यस विषयमा सम्बन्धित दल नै जवाफदेही हुने उनको दाबी छ । रबि लामिछाने गृहमन्त्री रहँदा अहिलेसम्म भए गरेका कार्यहरु स्विकार गर्नुपर्ने उनको दाबी छ । ‘कानुनमा के हुन्छ भन्दा पछिल्लो समयमा कुनै मान्छे अवैध ठहरियो भने उसले अहिलेसम्म भए गरेका काम वैध ठानिन्छ । अदालतले नै त्यस्तो आदेश दियो भने अलग कुरा रह्यो । होइन भने अहिलेसम्मको अभ्यासमा विगतमा भए गरेका काम वैध ठान्ने देखिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्