Logo

धनुषाबाट पेस्तोलसहितदुई जना पक्राउ



काठमाडौं, १४ माघ । धनुषामा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकबाट प्रहरीले स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले आज (शनिबार) जनकपुरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्