Logo

भिभोले नेपालमा सार्वजनिक गर्यो वाई ०२



काठमाडौं, १५ माघ । मोबाइल कम्पनी भिभोले नेपालमा नयाँ स्मार्टफोन वाई ०२ सार्वजनिक गरेको जनाएको छ।

यो स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम प्लस ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ र यो स्मार्टफोन मूल्य १२,४९९ रहेको जनाएको छ।

वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेनुका साथै यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी रहेको कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्