Logo

प्रहरीले चेकिङ्‍ गर्दा पाइयो करौडौं रुपैयाँ, गन्नको लागि मगाउन पर्यो मेशिन



एजेन्सी । भारतको राजस्थानस्थित अजयमेरमा बांदरसिंदरी प्रहरीले नाकाबन्दीको समयमा एक कारबाट दुई करोड सात लाख भारतीय रुपैयाँ नगद बरामद गरेको छ।

एक कार किशनगढबाट जयपुरतिर जाँदै गर्दा प्रहरीले कारमा हतियार हुने आशंकामा चेकजाँचका लागि रोकेको थियो। तर कारबाट हतियार नभइ करौडौं भारतीय रुपैयाँ नगद फेला पार्यो।

कारमा पाइएका रुपैयाँ गन्नका लागि प्रहरीलाई मेसिनको आवश्यकता पर्यो। सोही ठाउँका एक जना स्थानीयसँग मेशीन मागेर प्रहरीले उक्त रकम गनेको थियो।

सो घटनामा प्रहरीले दुई जनालाई हिरासतमा राखेको छ।



प्रतिक्रिया दिनुहोस्