Logo

नागरिकता लिन रबि ‘सिडिओ’ कार्यालय पुगेसँगै बढाइयो सुरक्षा व्यवस्था



काठमाडौं, १५ माघ । रबि लामिछाने नेपाली नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । जिप्रका परिसरमा बाक्लो रुपमा उनका समर्थक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको छ ।

भिडिभाड बढेसँगै अहिले जिप्रका परिसरमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछाने विरुद्ध विदेशी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रकृया पुरा नगरेको भन्दै संसद् पदको वैधताका बारेमा सर्वोच्चमा रिट परेको थियो । गत शुक्रबार लामिछानेलाई नेपाली नागरिकता पुनः प्राप्तिको प्रकृया नपुगेको भन्दै सांसद पद खारेज हुने फैसला गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot