Logo

पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न



काठमाडौं, १५ माघ । पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘कर्पोरेट गल्फ मार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फ मार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपुर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु, । ’

गल्फ खेलमार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाई छ । गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसंगै मानसिक स्वास्थ्यमा पनि सहयोग पु¥याउने भएकाले यसलाई ब्यापक बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । रोयल नेपाल गल्फ क्लवसंगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगिता लाई निरन्तरता दिने उनले बताए ।

गल्फ क्लवका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रर्वद्धन गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसंग १ सय वर्षभन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लव सहकार्य गर्न तयार रहेको उनको भनाई छ । शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरे ।

पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर सहित पुरस्किृत भए । महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानु पुरस्कृत भईन् । यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भए ।



प्रतिक्रिया दिनुहोस्