Logo

नियुक्ति बिनै प्रशिक्षणमा लागे मोन्टी, राखेपले ढिलाई गरेको क्यानको आरोप



काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ(क्यान) ले नयाँ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षणमा लगाएको छ।

क्यानले त्रिदेशीय खेल नजिकै आइरहेकाले आफ्नो आग्रहमा नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण देसाईले सम्हालेको जनाएको छ।

देसाईको औपचारिक नियुक्ती नहुँदै क्यानले उनलाई प्रशिक्षणमा लगाएको हो। उनको नियुक्तिका लागि क्यानले सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय खेलकुद परिषद्‍लाई पठाएको र परिषद्‍को ढिलाईका कारण हालसम्म उनले नियुक्ति पाउन नसकेको पूर्व राष्ट्रिय टिमका कप्तान तथा टिम मेनेजरसमेत रहेका बिनोद दासले रिपोर्टर्स नेपाललाई बताए।

दासले भने, ‘क्यानकोतर्फबाट आवश्यक पक्रिया पूरा गरेर राष्ट्रिय खेलकुद परिषद्‍लाई देसाईको नियुक्तिका लागि कागजपत्रहरु पुगाइसकेको हप्तादिन हुन लाग्यो तर परिषद्‍ले यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।’

यस्तै, परिषद्‍ले क्यानको नियुक्तिको निर्णय रोक्ने अधिकार नभएको भन्दै ढिलोचाँडो देसाईले नै नियुक्ति पाउने तर समयमै आफ्ना खेलाडीहरुले प्रशिक्षण पाए खेलमा राम्रो प्रदर्शन गर्ने भन्दै देसाईलाई प्रशिक्षणमा बोलाएको मेनेजर दासले बताए।

उनले भने, ‘क्यानले छानेको प्रशिक्षक नियुक्ति गर्ने निर्णयको अधिकार मात्र परिषद्‍सँग हो। यी प्रकियाहरु हामीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँगको सहकार्य र नियमानुसार गरेका छौं।’



प्रतिक्रिया दिनुहोस्