Logo

बालेनले जनताको अख्तियारी दुरुपयोग गरे– सुमन सायमी



काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाले संविधान र कानुन विपरीत नागरिकको सम्पत्तिमा डोजर चलाएको भन्दै भन्दै प्रदर्शन भएको छ । काठमाडौं महानगरको डोजर आतंकबाट पीडित ठूलो समूहले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले प्रदर्शनमा सहभागी हुँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको टिप्पणी गरे ।

बालेनले जनताले दिएको अख्तियारीको दुरुपयोग गरी जनताको सम्पत्तिमाथि डोजर चलाएको उनको आरोप छ । ‘बालेन पहिलेको शासक भन्दा पनि निरकुंश भए । नीजि सम्पत्तिमा सूचना दिइन्थ्यो, हामी न्यायालय जान पाउँथ्यौं । अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आक्रमण गरेको छ। यो लुटतन्त्र हो,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्