Logo

निर्मला कुर्मीको न्यायका लागि ऐक्यवद्धता



काठमाडौं, १५ माघ । निर्मला कुर्मीको न्यायका लागि विभिन्न संस्था र ब्यक्तिहरुले ऐक्यवद्धता जनाएका छन्।

आज माईतीघरमा भएको प्रदर्शन कार्यक्रमा राष्ट्रिय महिला अधिकार मञ्च काठमाडौंकी अध्यक्ष रिमा सुब्बा, अभियान्ता सुमन सायामी र सरेन्द्र बज्राचार्यलगायतले कुर्मीको न्यायका लागि ऐक्यवद्धता जनाएका छन्।

गृहमन्त्रीलगायत सरोकारवाला विभिन्न निकायहरुमा धेरै पटक जादाँपनि हालसम्म कुर्मीको न्यायका लागि कुनै पहल नभएको उनीहरुको आरोप रहेको छ।

माईतीघर मण्डलामा कुर्मीको न्यायका लागि भन्दै धेरैदिन अगाडिदेखि दिनहुँ जसो प्रर्शनहरु भइरहेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी कुर्मी वर्ष दिनदेखि बेपत्ता छिन्। अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँके प्रहरीमा १६ मंसिर ०७७ मै १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्