Logo

गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिने प्रधानमन्त्री प्रचण्डको चाहना, ओलीको पनि साथ



काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकल दाहालले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाइृ नदिने मनशाय बनाएका छन् । यसअघि सरकार गठनमा भागबण्डा मिलाउँदा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको थियो । सोही सहमतिअनुसार गृहमन्त्रालयसहित रास्वपा सरकारमा सहभागी भएको थियो ।

तर, सो पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएको र सर्वोच्च अदालतले शुक्रबार उनी सांसद र मन्त्री हुन अयोग्य भनेपछि अहिले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा छ । रविले आजै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता पूनः प्राप्ति गरेका छन् । अहिले उनको दलको बैठक छ । सम्भवतः आजै उनी पार्टीको सभापतिमा नियुक्त हुनेछन् ।

सत्ता गठबन्धनमा अहिले गृहमन्त्रालयबारे के गर्ने भन्नेबारे निर्णय भएको छैन् । तर, विशेष सूत्रका अनुसार प्रधानमन्त्री दाहाल अब गृहमन्त्रालय आफ्नै दलको भागमा राख्न छन् । उनले आफ्नो दलबाट गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल थालेको बताईएको छ । उनले यसबारेमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् ।

ओलीले पनि पार्टी सभापति नै नभएपछि अब अर्को व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने भन्दै गृहमन्त्रालय माओवादीले राखोस भनेर सकारात्मक बनेको छ । तर, रास्वपाका नेताहरुले भने गृहमन्त्रालय आफ्नो दलको भागमा परेको भन्दै गृहमन्त्रालय नपाए सरकारमा नबस्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्