Logo

रबिले फिर्ता गरे राहदानी



काठमाडौं, १५ माघ । रबि लामिछानेले निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी फिर्ता गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका लामिछानेले लगत्तै राहदानी विभाग पुगेर निष्क्रिय भएको नागरिकताबाट जारी भएको राहदानी फिर्ता गरेका हुन् ।

अमेरिकी नागरिकता परित्याग गरी नेपालमा बसेका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै सर्वोच्च अदालतले गत शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । उपप्राधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले नागरिकता विवादमा सांसद पद खारेज भएसँगै पदबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्