Logo

इरानमा भूकम्प : तीन जनाको मृत्यु, आठसय बढी घाइते



एजेन्सी । इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन्।

देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको र त्यसबाट ७० भन्दा बढी गाउँ प्रभावित भएका सरकारी समाचार समिति इर्नाले जनाएको छ। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाउँदै इर्नाले क्षतिको मूल्याङ्कन भइरहेको बताएको छ।

भूकम्प प्रभावित स्थलको स्थलगत निरीक्षणमा गृहमन्त्री अहमद बहिदी निस्कएका छन्। यही माघ चार गतेको भूकम्पमा परी इरानमा सयौँ घाइते भएका थिए। उक्त दिन ख्वे नजिक ५.८ म्याग्निच्युडको भूकम्प भएको थियो।

सन् २०२० को फेब्रुवरीमा ५.७ म्याग्निच्युडको भूकम्पहुँदा पश्चिमी हबासेओल्यामा नौ जनाको मृत्यु भएको थियो। सन् १९९० मा ७.४ म्याग्निच्युडको भूकम्प हुँदा ४० हजारको ज्यान जानका साथै तीन लाख घाइते भएका थिएभने पाँच लाख जना घरबारविहीन भएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्