Logo

एनएफपिजे नेपालद्धारा ट्राभल फोटोग्राफी सम्बन्धि कार्यशाला गोष्ठि



काठमाडौं, १५ माघ । राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपिजे) नेपालले बेलाबेलामा आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारको फोटोग्राफी सम्बन्धि तालिम प्रदान गर्दै आईरहेको छ। यसै शिलशिलामा काठमाडौमा एनएफपिजे नेपालले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीसंग ट्राभल फोटोग्राफी सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बिहान सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रोनियारलगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले फोटोग्राफीमा सिकेका भोगेका अनुभवहरू शेयर गरेका थिए। उनले विभिन्न शहर र चार्डपर्वहरुका समयमा खिचेका करिव २०० वटा फोटोको बारेमा बताएका थिए।

त्यस्तै, एनएफपिजेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धिमुलक भएको संस्थाका सदस्यहरुले बताएका छन्। उनीहरुले संस्थाले बेला बेलामा यस्तो कार्यक्रम गरेर सदस्यहरुलाई फाइदा पुगेकोसमेत बताए।

२४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डियालगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन्।



प्रतिक्रिया दिनुहोस्