Logo

गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको धम्की, प्रचण्डले के गर्लान् ?



काठमाडौं, १५ माघ । रास्वपाले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । पार्टी सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार रवि लामिछाने सांसद र मन्त्री पदबाट पदमुक्त भएका छन् ।

अदालतको आदेशबमोजिम लामिछानेले आजमात्रै पूरानै नागरिकता पूनः प्राप्तिको प्रक्रियाबाट प्राप्त गरेका छन् । उनी आजै पार्टीको सभापतिमा पनि नियुक्त भएका छन् । योसँगै रास्वपाका नेताहरुले गृहमन्त्रालय आफ्नो दलले पाएको भन्दै सोहीअनुसार गृहमन्त्रालयमा पार्टीले कसलाई पठाउने भन्नेबारे छलफल गर्ने बताउन थालेका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल भने रास्वपालाई अब गृहमन्त्रालय दिन चाहँदैनन् । उनी आफ्नै दलबाट गृहमन्त्री बनाउन चाहन्छन् । रास्वापले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले त रविलाई नै पूनः गृहमन्त्रीमा बहाली गर्न दबाब दिएको खुलासा भएको छ ।

तर, प्रधानमन्त्री दाहालले भने ओलीको दबाब पनि अस्विकार गरेको चर्चा छ । रास्वपाका नेताहरुले गृहमन्त्रालय आफ्नो दलले पाएकोले उक्त मन्त्रालयमा अन्य दलले धेरै छलफल गर्न आवश्यक नरहेको बताएका छन् । आज भोलिभित्रै गृहमन्त्रालयमा आफ्नो दलबाट प्रतिनिधित्व हुने भन्दै गृहमन्त्रालय नपाउने भए भोलि नै सरकारबाट बाहिरिने उनीहरुको धम्की छ । रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्री बनाउनेगरि गृहकार्य थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्