Logo

बालुवाटारमा भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड र मेयर बालेन शाह लैनचौरमा



काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह आज बिहान बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री र मेयर शाहबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटपछि प्रधानमन्त्री प्रचण्ड र मेयर शाह सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान अर्पण लैनचौर पुगेका छन् ।

पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोधसमेत गरिरहेका छन्। निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ।

शाहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए।



प्रतिक्रिया दिनुहोस्