काठमाडौं, १६ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूनः गृहमन्त्री बनाउन नहुने धारणा राखेका छन् । गृहनगर महोत्तरीको मटिहानीमा ठाकुरले यस्तो कुरा बताएका हुन् ।
उनले लामिछानेको नागरिकताबारे मात्रै नभएर राहदानीको विषयमा पनि अनुसन्धान बाँकी नै रहेकाले अहिले गृहमन्त्री बनाउन नहुने धारणा राखेका हुन् । लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतले फैसला गरेर उनी सांसद र मन्त्री बन्न अयोग्य भनेको थियो ।
शुक्रबार फैसला आएको थियो । लामिछानेले सोही फैसलाअनुसार आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूनः नागरिकता प्राप्त गरेका छन् । कतिपयले भने अब उनको पासपोर्टमाथि पनि छानबिन भैरहेकोले सो अनुशन्धानको निश्कर्ष नआएसम्म गृहमन्त्रालयमा फर्कन नहुने धारणा राखेका छन् । यही अवस्थामा लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि गृहमन्त्रालय आफ्नै दलले राख्ने अडान लिएका छन् । file photo




प्रतिक्रिया