Logo

माधवले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं, माघ १७ । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मंगलबार ज्ञापनपत्र बुझाएकाे छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएकाे हाे।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल र उपमहासचिव गंगालाल तुलाधर लगायतका नेताहरूले ज्ञापनपत्र बुझाएका हुन्।

एकीकृत समाजवादीले हाल देशमा परेकाे चरम आर्थिक संकट, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधरणले भाेग्नु परेकाे समस्या र समयसामयिक आर्थिक मुद्धाबारे ज्ञापनपत्र बुझाएकाे छ।

 



प्रतिक्रिया दिनुहोस्