Logo

बलात्कार मुद्धामा आसाराम फेरि दोषी



एजेन्सी । बलात्कार मुद्धामा आसाराम बापू फेरि दोषी ठहरिएका छन्।

सन् २०१३ मा बलात्कार विषयमा सेशन्स अदालतबाट उनी दोषी रहेको पाइएको छ। यस मुद्धामा अर्को आरोपितलाई निर्दोश मानेर छोडिएको छ। यसमा एक जनालाई राहत मिलेको छ भने अर्कोलाई ठूलो झट्का लागेको छ।

२०१३ मा आसाराममाथि सुरतकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। जबकि नारायण साईमाथि सोही पीडितकी बहिनीलाई बलात्कार गरेको आरोप लागेको थियो । यसविषयमा आसारम बाहेक उनकी श्रीमती, छोरी र चार महिला अनुयायी आरोपी रहेका छन्।

यसपटक आसारमलाई अदालतमा पेश गरिएको थियो। अदालतले सुनुवाई गर्दै आसारामलाई दोषी ठहर गरेको छ।

यसअघिपनि आसाराम दोस्रो मुद्धामा जन्मकैदको सजाय भोगिरहेका छन्। हाल उनी जोधपुरको जेलमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot