Logo

‘पठान’ : ६ दिनमा कमायो ६ सय करोड



एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र पठान यतिबेला चर्चामा रहेको छ।

४ वर्षपछि कमब्याक गरेका खानको चलचित्र पठानले विश्वभरबाट राम्रो कमाइ गरिरहेको छ।

यो चलचित्रले ५ दिनमा विश्वभरबाट ५ सय करोडभन्दा बढी कमाइसकेको छ।

ट्रेड विश्लेषक रमेह बालाका अनुसार पठानले विश्वभरबाट सोमबारसम्म ६ दिनमा ६ सय करोडबढी भारतीय रुपैयाँ कमाएको छ।



प्रतिक्रिया दिनुहोस्