Logo

पेरिसडाँडाबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले भने–गठबन्धन नटुटोस भन्ने मेरो प्रयास छ



काठमाडौं, १७ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन सकेसम्म नटुटोस भन्नेमा आफू सचेत रहेको बताएका छन् । पार्टीको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।

उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने–‘हाम्रो कोसिस भइरहेको छ । सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ । अदालतको पूर्णपाठ नआएसम्म आफैंलाई राख्न सुझाव छ । हामी सल्लाहमै छौं ।’

आज विहान रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

यता, माओवादीको पदाधिकारी बैठकमा भने रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको पूर्ण फैसला नआएसम्म रास्वपालाई वा लामिछानेलाई गृहमन्त्री दिन नहुने निश्कर्ष निकालिएको एक नेताले जनाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्