Logo

क्रिकेट संघमा लफडा : बियो नेपाल टी-२० लिग



काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ(क्यान) यतिबेला विवादको शिखरमा तानिएको छ। हुन् त क्यान र नेपालको राष्ट्रिय क्रिकेट टिम सधैं जसो बिवादकै चुरुफुरीमा रहेकै हुन्छ। क्यानमा बिवादहुनु कुनै नेपाली क्रिकेट जगतमा कुनै नौलो विषयपनि हैन।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले बिवादमै रहँदा निल्मबित गरेको क्यानलाई धेरै समयपछि आईसीसी नेपालमा आफैं सक्रिय भएर बिवाद समाधानका लागि पहल गरिदियो। नेपालका लागि सफल कप्तान मानिएका पारस खड्काले कप्तानबाट राजीनामा र राष्ट्रिय क्रिकेट टिमबाट शन्यास लिएपछि खेलाडिहरुमा पनि धेरै बिवाद मैदान बाहिरपनि छताछुल्लरुपमा नै देखिन पुगेका छन्।

क्यानले गतवर्षको मंसिर २९ गते एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गर्यो। त्यस्तै सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै छ महिनाका लागि ‘सेन्ट्रल कन्ट्र्याक्ट’ अथवा तलब सुविधा नदिने निर्णय गरको र सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरेको जनायो।

क्यानको सो कदमले पनि खेलाडी र क्यानबीचको विवाद चर्कायो। विवादले खराब रूप लिन थालेपछि क्यानले पदाधिकारीहरु र कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्लसहित खेलाडीहरुले छलफल गरेर सन्दीप लामिछानेको नयाँ कप्तानीमा खेल्ने र क्यानले खेलाडीको कारबाही फिर्ता लिने सहमति पनि भयो।

लामिछानेलाई क्यानले कप्तानी दिएपछि नेपालका अनुभवी र पुराना ब्याट्सम्यानहरुले क्यानले छोटो समयमै क्रिकेट टिमको कप्तान परिवर्तन गरी आफूभन्दा जुनियर खेलाडीको हातमा नेपाली क्रिकेट टोली सुम्पेको र जुनियर खेलाडीको नेतृत्व स्वीकार्न नसकी खेलाडीहरुको एक आपसमा मनमुटाव खेल मैदानमै देखापर्न थाल्यो।

मनमुटावकै बीचपनि खेलाडिहरुले प्रदर्शन गरीरहँदा कप्तान लामिछानेलाई बलात्कार आरोपमा मुद्धा पर्यो र केही समय उनी पुर्पक्षका लागि थुनामा बसे। हालै पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीसहित रिहा गरेको छ। रिहा गरे लगत्तै क्यानको मंगलबार बसेको पदाधिकारी बैठकले उनको निलम्बन पनि फुकुवा गर्यो। तर महान्यायधिवक्ता कार्यालयले मंगलबार नै लामिछानेलाई पूर्पक्षका लागि थुनामा राख्न पाटन अदालतको आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ।

सर्वोच्चले लामिछानेको पक्षमा फैसला गर्यो वा फैसला गर्न लामो समय लगायो भने केही दिनमै नेपालमै भइरहेको त्रिदेशीय क्रिकेट प्रतियोगीतामा सन्दीप कमब्याक गर्न सक्नेछन्। तर उनीमाथि लागेको अभियोगमा उनी दोषी या निर्देश लामिछानेको भाग्य अदालतकै भागमा छ।

यसैबीच हालमात्रै क्यानले सम्पन्न गरेको नेपाल टी-२० लिग क्यानका लागि अहिलेसम्मकै घाँडोको विषय बन्न पुगेको छ।

स्पट फिक्सिङ्गदेखि नेपाल टी-२० लिग सञ्चालन गर्न रणनीतिक तथा व्यावसायिक साझेदार रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता क्यानका लागि यतिबेला सर्वाधिक तनावको विषय बनेको छ।

टी-२० लिग चलिरहेको बीचसमयबाटै स्पट फिक्सिङ्गको आरोप लाग्यो। सो विषयमा सिआइबीले अनुसन्धानसमेत गर्यो। अनुसन्धानपश्चात स्पट फिक्सिङ्ग भएको र त्यसमा केही नेपाली, बिदेशी खेलाडिका अलावा टिम मेनेजरहरुनै सहभागी रहेको सिआइबीले जानकारी दियो। स्पट फिक्सिङ्गकै आरोपमा दुई खेलाडिहरुमाथि सिआइबीले पक्राउ गरेर नै अनुसन्धान गरिरहेको छ।

स्पट फिक्सिङ्गको कुरा आउने बित्तिकै खेलभइरहकै बीचमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका प्रमुख भागेर भारत पुगे। क्यानले जसोतसो नेपाल टी-२० लिग त समापन गर्यो तर बिवादबाट बच्न भने सफल रहेन।

लिग समापनभएको केही समयपछि क्यानले पत्रकार सम्मेलन गर्यो। पत्रकारसम्मेलन मार्फत भारतीय कम्पनीसँग सम्झौता गर्नु गल्तीभएको क्यान अध्यक्ष चतुरबहादुरले स्विकारे। क्यानले पत्रकार सम्मेलन गरेको केही समयपछि क्यानकै ७ जना केन्द्रीय सदस्यहरुले पत्रकार सम्मेलन गरेर क्यान अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीहरुले राजीनामा गर्नुपर्ने बताए।

क्यानले मंगलबारदेखि पोखरामा आफ्नो बोर्ड बैठक राख्यो। बैठकको सुरुमै ती केन्द्रीय सदस्यहरुले अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा दिनुपर्ने भन्दै अध्यक्षचन्दलाई ज्ञापनपत्र बुझाए। बैठक केही समय अल्झियो तर फेरि बैठक बस्यो।

बैठक बसिरहेकै बेला क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिए। नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएको बुझाइ छ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो।

अहिलेको कार्यसमितिको पदावधि सकिरहेको र ५ जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग बढिरहेको बेला क्यान पोखरा बैठकले फागुन १४–१५ मा सुर्खेतमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिएका छन्।

साधारण सभापछि क्यान कसरी अगाडि बढ्ला केही निष्कर्ष निकाल्छ या यस्तै गन्जागोलमा रहन्छ त्यो देखिन बाँकी नै छ।



प्रतिक्रिया दिनुहोस्