Logo

विश्वकपका गोल्डेन ब्वाई चेल्सीमा अनुबन्धित



काठमाडौं, माघ १८ । कतार विश्वकपका गोल्डेन ब्वाई इन्जो फर्नान्डेज चेल्सीमा अनुबन्धित भएका छन्। अर्जेन्टिनी स्टार मिडफिल्डरलाई चेल्सीले पोर्चुगिज क्लब बेनिफिकाबाट किनेको हो।

फर्नान्डेजका लागि चेल्सीले १२१ मिलियन युरो खर्च गरेको छ। जनवरी ट्रान्सफर बजारमा फर्नान्डेज सबैभन्दा महंगो खेलाडी बनेका हुन्।

कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेसँगै फर्नान्डेज धेरै क्लबको नजरमा परेका थिए।

इङ्लिस क्लब चेल्सीले सुरुदेखि नै फर्नान्डेजलाई भित्र्याउने प्रयास गरेको थियो। तर सरुवा बजार बन्द हुनु केही घण्टा अगाडि मात्रै चेल्सीले फर्नान्डेजसँगको डिल पक्का गरेको हो।

फर्नान्डेजले बेनिफिकाका लागि लिगका १७ खेलमा १ गोल गरेका छन्। च्याम्पियन्स लिगमा पनि बेनिफिका अन्तिम १६ मा पुगेको छ। यो सिजनको च्याम्पियन्स लिगका ९ खेलमा फर्नान्डेजले २ गोल गरेका छन्।

चेल्सीमा २२ वर्षीय फर्नान्डेजले सन् २०३१ सम्मको सम्झौता गरेका हुन्। फर्नान्डेज कतार विश्वकपका उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।

 



प्रतिक्रिया दिनुहोस्