Logo

डोटीका क्रिकेट खेलाडी १८ दिनदेखि बेपत्ता



काठमाण्डौं, माघ १८ । डोटीका क्रिकेट खेलाडी १८ दिनदेखि बेपत्ता भएका छन्। डोटीको जोरायल गाउँपालिका वडा नम्बर–४ तलालका २२ वर्षीय भुवन कपड्याल गोदावरी नगपालिका वडा नम्बर–२ तेघरीबाट बेपत्ता भएको उनका भाई हिक्मत कपड्यालले बताएका छन्।

भाई हिक्मतका अनुसार ३ साता अघि देखि मानसिक रुपमा अस्वस्थ रहेका भूवनलाई उपचारको लागि वेपत्ता हुनु ६ दिन अघि जोरायलबाट कैलाली ल्याईएको थियो। दाई भुवन कपड्याल अचानक मानसिक समस्या आई बेपत्ता भएपछि परिवारहरु चिन्तित भएको उनका भाइले बताएका छन्।

भुवन भारतको चण्डिगडमा ३ महिना देखि क्रिकेटको प्रशिक्षण गर्दै आएका थिए। यसअघि उनी धनगढी र काठमाडौंमा क्रिकेटको प्रसिक्षण लिइसकेका थिए। भुवनलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा मोवाईल नम्बर ९८६८५३३५७३ मा खबर गरिदिन भाई हिक्मतले सार्वनिक अपिल गरेका छन्।



प्रतिक्रिया दिनुहोस्