Logo

आतंकवादी हमलापछि कुनै न कुनै आतंकवादी संगठनले किन लिन्छ जिम्मेवारी ?



एजेन्सी । आतंकवादी हमलापछि धेरैजसो आतंकवादी संगठनले हमला गरेको जिम्मेवारी लिन्छ। हमलामा जतिबढी क्षतिभएको छ आतंकवादी संगठनहरु त्यतिबढी नै घटनाहरुको जिम्मेवारी लिन्छन्।

पाकिस्तानको पेशावर मस्जिदमा भएको बम हमालामा मृत्युहुनेहरुको संख्या लगातार बढिरहेको छ। धेरै सुरक्षित क्षेत्रमा बनेको यो मस्जिदमा आत्मघाती हमलाको जिम्मेवारी पहिला तहरीक-ए-तालिबान पाकिस्तान(टीटीपी)ले लिएको थियो।

संगठनहरुले यसरी घटनाको जिम्मेवारी लिइरहदाँ ती आतंकवादी संगठनहरुलाई के फाइदा हुन्छभन्ने धेरैको मनमा जिज्ञाशा उठिरहेका हुन्छन्। झन् उल्टै ती संगठनहरुमाथि ठूलो कारवाही हुन सक्छ आममानिसको भावना त्यस्तै रहेको हुन्छ। तरपनि कुनै हमलापछि आतंकवादी समूहहरु लगातार हमलाहरुको जिम्मेवारी लिइरहेका हुन्छन्।

आतंकावादी संगठन इस्लामिक स्टेट(आइएसआइएस) जसलाई विश्वभरको खतरनाक आतंकवादी संगठन मानिन्छ। उसको लक्ष्य विश्वभर र खासगरेर सीरिया र इराकमा पूरै इस्लामिक कानुन चलाउनु हो। उनीहरुलाई रोक्न खोज्ने कुनै समूह वा सरकारनै होस् उसलाई तिनीहरुले सिद्ध्याउछ। आफ्नोविरुद्ध बोल्ने देशहरुलाई पनि उ कारवाही गर्न पछि हट्दैन।

फाउण्डेसन फर डिफेन्स अफ डेमोक्रेजीका अनुसार आतंकवादी समूहहरुका लागि हमलापछि त्यो हमलाको जिम्मेवारी लिनु कुनै कम्पनीहरुको नाफालाई गन्नु जस्तै हो। आतंकवादीहरु हमला गर्नुलाई आफ्नो ठूलो उपलब्धि मान्छन्। ठूलो देशमा ठूलो विस्फोट गराएको कुनै समूहले भन्यो भने अरु ठाउँमा डर बढ्ने र सरकार पनि डराउछ भन्ने उनीहरुको लक्ष्य रहेको हुन्छ।

यस्तै तिनीहरुलाई अर्को फाइदा भनेको सानो समूहमा रहेका आतंकवादीहरुपनि उनीहरुसँग मिसिन्छन्।



प्रतिक्रिया दिनुहोस्