Logo

क्यानले राख्यो खेलाडीहरुलाई नयाँ सेन्ट्रल कन्ट्रयाक्टमा



काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुका लागि नयाँ सेन्ट्रल कन्ट्रयाक्ट गरेको छ।

क्यान पोखरा बैठकले पुरुष र महिला खेलाडीहरुलाई क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ।

पुरुष ग्रेड ए मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् भने ग्रेड बी मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन्।

यस्तै, ग्रेड सी मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन्।

महिला खेलाडीहरुको ग्रेड ए मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा रहेका छन् भने ग्रेड बी मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य रहेका छन्।

यस्तै ग्रेड सी मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन्।



प्रतिक्रिया दिनुहोस्