Logo

संघीयतालाई संस्थागत गरे तराई मधेसको विकासमा कायापलट : उपेन्द्र यादव



काठमाडौं, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघीयतालाई संस्थागत गर्न सके तराई मधेशको विकासमा कायापलट हुने बताएका छन् । बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयर सिचाई योजना शिलन्यास कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

संघीयतालाई संस्थागत हुन नदिने खेल शुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठूला दलहरुले तराई मधेशको विकासमा आनाकानी गर्ने गरेकोप्रति लक्षित गर्दै यादवले एकपटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपने बताए ।

मधेश प्रदेश सरकारको करिव २१ करोड लागतमा निर्माण हने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हने बताइएको छ । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ ।

कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्