Logo

उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



काठमाडौं, १८ माघ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा बुधवार भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको हो।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमीकता रहेको उल्लेख गर्दै उर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरीकी सरकारको सहोग रहने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफुले काम गर्न चाहेको बताउदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकोको महत्वपूर्ण योगदान रहेको चर्चा गरे।

विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदुत थोम्पासोनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमीकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न अफुहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताए।

केही सरकारी निति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष बनाउदै लगिने उनको भनाई थियो।



प्रतिक्रिया दिनुहोस्