Logo

डिजेल र पेट्रोलमा भारतबाटै बढ्यो मूल्य



काठमाडौं, १८ माघ । इन्धनमा भारतबाटै मूल्य बढेर आएको छ।

नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको हो।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको जनाइएको छ। यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको हो।

मूल्यबढेर आएपनि निगमले भने अहिलेसम्म मूल्य निर्धारण गरेको छैन।



प्रतिक्रिया दिनुहोस्