Logo

रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन– रञ्जिता श्रेष्ठ



काठमाडौं, १८ माघ । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुको बिनाशर्त रिहाइका लागि आग्रह गरेकी छन् । सांसद श्रेष्ठले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्दोष थारु राजबन्दीहरुको रिहाइ नभएसम्म आफूहरुले आवाज उठाइरहने बताएकी हुन् ।

उनले ‘निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ?’ भन्दै सरकार समक्ष प्रश्न गरेकी छन् । निर्दोष थारुहरुलाई राज्यले झुटा मुद्धा लगाएर बन्दी बनाएको उनको आरोप छ । ‘निर्दोषलाई फसाइएको छ । निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो । तर,अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्