Logo

अनेरास्ववियूले घेर्‍यो जनक शिक्षालाई



काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृसंगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रलाई घेराउ गरेको छ।

अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रलाई छोडेर निजि कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयविरुद्ध जनक शिक्षा सामाग्री केन्द्र केन्द्रीय कार्यालय घेराउ गरेको हो।

घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजि कम्पनीलाई पाठ्यसामग्री छाप्न दिएको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्