Logo

लोकतान्त्रिक व्यवस्था खतरामा परेको चौधरीको टिप्पणी



काठमाडौं, १८ माघ ।नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले आजको प्रतिनिधिसभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको टिप्पणी गरेका छन् । चौधरीले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेपालमा अब राजा पूनःस्थापित नहुने र नेपाल हिन्दूराज्य पनि हुननसक्ने ठोकुवा गरेका छन् ।

उनले अब राजा र हिन्दूराष्ट्रको विषयमा कुरा गर्नुभन्दा लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गर्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्-

२०७९ माघ १८ गते प्रतिनिधि सभामा देखिएकाे प्रस्तुतिले लाेकतान्त्रिक ब्यवस्था खतरामा परेकाे महसुस भएकाे छ । राप्रपाबाट निर्वाचित माननीय ज्युले खुलेरै भन्नुभयाे – हामी राजा स्थापित गर्न चाहन्छाै । हिन्दुराज्य बनाँउन चाहन्छाै । साथै राप्रपा पार्टिलाई नहाेच्चाउनकाे लागि सचेत समेत गराउनु भएकाे छ । यसैले गणतन्त्रबादि शक्तिहरू ब्यवस्था बिषयमा गम्भीर बन्नु जरूरि छ ।

स्मरण रहाेस – न राजा पुन: स्थापित हुन्छन् न त नेपाल हिन्दु राज्य पुन: हुन्सक्छ । यसैले त्याे बिषयमा छलफल नगरेकै राम्राे ! बरू लाेकतान्त्रिक गणतन्त्रकाे संस्थागत गर्ने बिषयमा बहस र छलफल गराै ।



प्रतिक्रिया दिनुहोस्