Logo

गुल्सन बने यू-१९ को कप्तान



काठमाडौं, १८ माघ । गुल्सन झा नेपाली राष्ट्रिय यू-१९ टिमको कप्तान बनेका छन्। यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा झाले कप्तानी गर्ने भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बैठकले झालाई नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो।

झाले नेपालका लागि ९ एकदिवसीय अन्तर्राष्ट्रिय र १ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्