Logo

खेलकुद सप्ताह सुरु, उद्योगमन्त्री भण्डारीले गरे उद्‍घाटन (फोटोसहित)



काठमाडौं, १८ माघ । काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह बुधबारदेखि सुरु भएको छ। नेसनल प्याब्सन काठमाडौं जिल्लाको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितीको संयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह सुरु भएको हो।

खेलकुद सप्ताहमा काठमाडौं जिल्लाभरिका करिब ६० वटा विद्यालयले भाग लिएको बताईएको छ। कार्यक्रममा मार्चपास, बास्केट बल, टेबल टेनिस र टग अफ वार (डोरी तान्ने) खेल समावेश गरिएको छ। कार्यक्रमको उद्घाटन बुधबार टुँडीखेलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका हुन्।

बुधबार टुँडिखेलमा उद्घाटन समारोहसँगै मार्चपास खेल हुँदैछ। त्यसैगरी बास्केट बल माघ १९ गते मनास्लु वल्र्ड कलेज चुच्चेपाटीमा, टेबल टेनिस प्रतियोगिता माघ २० देखि २१ गतेसम्म युनिभर्सल सेकेन्डरी स्कुल धुम्बराहीमा, टग अफ वार (डोरी तान्ने) खेल माघ २२ मा काठमाडौं स्कूल अफ सेन्टर स्टेट कालिमाटीमा हुने बताईएको छ।

सम्पूर्ण खेलहरु आधिकारिक संगठनको नियमानुसार खेलाइने बताइएको छ। खेलमा सहभागी भएर प्रथम, दोस्रो र तेस्रो हुनका लागि मेडल र प्रमाणपत्र, सिल्ड, ट्रफीको व्यवस्था रहेको बताइएको छ।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्