Logo

गृहमन्त्रालय त छोडे तर मन्त्री क्‍वार्टर अहिलेसम्म छोडेनन् रबिले



काठमाडौं, १८ माघ । गत शुक्रबार सर्वोच्च अदालतले रबि लामिछानेलाई नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै उनको गृहमन्त्रीसहित सांसद्‍ पद नै खारेज गरिदिएको थियो।

अदालतको फैसला आएको केही धन्टामै आफू अनागरिक भन्दै गृहमन्त्रालयबाट बाहिरिएका लामिछानेले सोही दिन प्रधानमन्त्री प्रचण्डलाई  राजीनामा बुझाएका थिए।

गृहमन्त्रीबाट राजीनामा दिएको हप्तादिन हुनै लाग्दापनि लामिछानेले अहिलेसम्म सरकारी मन्त्री क्‍वार्टरभने छोडेका छैनन्।

क्‍वार्टर नछोड्‍दा उनलाई उनकै पार्टीका केही कार्यक्रताहरुले पनि आलोचना गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्