Logo

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने



काठमाडौं, १८ माघ । बागमती प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने भएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको बैठक माघ २२ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको हो ।

बागमती प्रदेशसभा कूल एक सय १० सदस्यीय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्