कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि बस्दै


काठमाडौं, १८ माघ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि बस्ने भएको छ।

बैठक भोलि बिहान ९ बजे बस्ने नेपाली कांग्रेसका सचेतक रमेश लेखकले बताए।

बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्ने सचेतक लेखकले जानकारी दिए।