Logo

रविलाई अर्को झट्का, चितवन सभापति सापकोटाद्धारा पार्टी परित्याग



काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्को झट्का लागेको छ। उनी मंसिर ४ गते निर्वाचित भएको जिल्ला चितवनमै पार्टी नेतृत्वविहीन बनेको छ । चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । सापकोटा लामिछाने विवादमा फसेको भन्दै असन्तुष्ट थिए ।

उनले पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको पनि आरोप लगाउँदै आएका थिए । उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको र बोल्न पनि नपाउने अवस्था सिर्जना भएको आरोप लगाएका छन् । लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि लामिछाने सांसद र मन्त्री पदमा छैनन् ।

उनी चितवन-२ मा हुने उपनिर्वाचनमा पूनः उम्मेदवार बन्ने चर्चा छ । तर, जिल्लाको सभापतिले नै राजीनामा दिएपछि उनीपनि झस्किएका छन् । उनले अदालतको आदेशबमोजिम नागरिकता प्राप्त गरेका छन् ।

सोसँगै उनी गृहमन्त्रीमा फर्कनेगरि अघि बढेका थिए । तर, उनको पूनः गृहमन्त्री बन्ने चाहनामा प्रधानमन्त्री पुष्पकमल दाहाल बाधक बनेका छन् । प्रधानमन्त्री दाहालले लामिछानेलाई गृहमन्त्रालय नदिने र आफ्नै पार्टीले राख्ने स्पष्ट जवाफ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्