Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयको नेतृत्वबारे छलफल हुने



काठमाडौं, माघ १९ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बिहान ११ बजे बैठक बस्ने बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी रहेको छ ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि आजको बैठकमा छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्