Logo

अर्थमन्त्री बनेपछि यादवले गरे शहिदहरूको सम्मान



बखतियार अलि
सर्लाही १७ माघ । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले मन्त्री बनेसंगै मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरूको प्रतिमामा फुलमाला अबिर लगाएर शहिदहरूको सम्मान गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती सर्लाहीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मधेश प्रदेशको अर्थमन्त्री बनेपछि पहिलो चोटी गृह जिल्ला आएका मन्त्री यादवले शहादत प्राप्त गरेको शहिदहरूको सम्मान गरि आफनो कार्याकाल शुरू गरेको बताए ।

अर्थमन्त्री बनेपछि पहिलो चोटी गृह जिल्ला आएका यादवलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले भब्य स्वागत गरेका छन् ।

सम्मान कार्यक्रममा पूर्व माननीय प्रमोद साह तथा अशोक यादवले अर्थमन्त्रीको पुर्ण सफलताको कामना गर्दै जिल्लामा संगठन बिस्तारमा कार्य गर्न मन्त्री यादवलाई सुझाव दिए ।

अर्थमन्त्री यादवले सबैको सहयोग र सहकार्यबाट आज ममधेश प्रदेशको अर्थमन्त्री बनेको र यो जीत हामी सबैको रहेकोले भन्दै सबैलाई साथ लिएर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले अर्को प्रसङ्गमा गठबन्धनबाट बनेको सरकारले मधेशी जनतालाई ठगेको आरोप समेत लगाए । उनले भने, ‘नेकपा (एमाले), कांग्रेसलाई मधेशी जनताको मत मात्र चाहिन्छ । जब पद दिने बेला हन्छ, मधेशीलाई बिर्सनु यो ठुलो पार्टीहरूको आदत बनी सकेको छ ।’ ठुला पार्टी भनाउनेहरूले जहिले पनि मधेसी जनतालाई ठगेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्