Logo

सुपरमार्केट, किराना पसलबाट बिक्रि बितरण हुँदै आएका मन्जन र ब्रसको गुणस्थर परिक्षण गर्न माग



काठमार्डौं, माघ १९ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले दन्तस्वास्थ्यको अबस्था र बजारमा पाइने मन्जनको गुणस्तर, ब्रसको गुणस्थर, औषधिजन्य मञ्जनको जथाभाबि प्रयोगले दिनानुदिन शरिरका अन्य अंगहरुमा असर गरिरहेकाले सुपरमार्केट, किराना पसलबाट सहजै हुने बिक्रि बितरण हुने मन्जन र ब्रसको गुणस्थरमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

एसोसिएसनले औषधि ब्यबस्था बिभागलाई ज्ञापन पत्र बुझाउँदै त्यस्ता पोटासियम नाईट्रेटलगायत सामाग्रि भयका मेडिकेटेट औषधिजन्य मञ्जन नेपाल मेडिकल काऊन्सिल र नेपाल स्वास्थ्य ब्यबसायि परिसद्मा दर्ताभयका दन्त चिकित्सक वा डेन्टल हाईजेनिस्ट,डेन्टल असिस्टेन्टले बिरामिको मुख र दांतको अबस्था अनुसार दिनु पर्नेमा सुपरमार्केट,किराना पसल जहैतहि पाईने र बिक्रिबितरण हुने हुदाँ त्यसले जनताको स्वास्थ्य मा गम्भिर असर गरिरहेको भन्दै आबस्यक पहलकदमि सहित कार्यन्वयनको लागि विभाग समक्ष अनुरोध गरेको हो ।

साथै दन्त उपचारमा प्रयोग गरिने डेन्टल मेटेरियल को गुणस्तर र त्यसको अनुगमन गर्ने संयन्त्र नहुदा गुणस्तर र मुल्यमा समस्या पैदा भयको र डेन्टलको उपचार महंगो भयको,मुखमा प्रयोग रहने बस्तु र तेस्मा प्रयोग हुने सामाग्रि को सहि रेकर्ड सरकारि संयन्त्र मा नहुदा अनुसन्धान र गुणस्तर कायम गर्नसमेत असहज हुने हुदा उक्त डेन्टल ऊपचार मा प्रयोग हुने दन्त सामान हरुको औसधि ब्यबस्था बिभागमा दर्ता भई गुणस्तर जांच गरि प्रयोग मा ल्याउने ब्यबस्था गर्न संघको आग्रह छ ।

यस्तो छ संघले ओषधि व्यवस्था विभागलाई बुझाएको ज्ञापन पत्र

श्रीमान् महानिर्देसक ज्यु
औषधि ब्यबस्था बिभाग
काठमान्डौ
बिषयस कार्यन्वयन गरि पाऊ भन्ने बारे।
महोदय
नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनको तर्फबाट नेपालको दन्तस्वास्थ्य को अबस्था र बजारमा पाइने मन्जनको गुणस्तर,ब्रसको गुणस्थर,औषधिजन्य मञ्जनको जथाभाबि प्रयोगले दिनानुदिन सरिरका अन्य अंगहरुमा असर गरिरहेको पोटासियम नाईट्रेटलगायत सामाग्रि भयका मेडिकेटेट औषधिजन्य मञ्जन नेपाल मेडिकल काऊन्सिल र नेपाल स्वास्थ्य ब्यबसायि परिसद् मा दर्ताभयका दन्त चिकित्सक वा डेन्टल हाईजेनिस्ट,डेन्टल असिस्टेन्ट ले बिरामि को मुख र दांतको अबस्थाअनुसार दिनु पर्ने मा सुपरमार्केट,किराना पसल जहैतहि पाईने र बिक्रिबितरण हुने हुदाँ त्यसले जनताको स्वास्थ्य मा गम्भिर असर गर्ने हुदा आबस्यक पहलकदमि सहित कार्यन्वयनको लागि यक प्रभाबकारिकमिटि बनाऊन निर्देसन सहित पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

साथै दन्त उपचारमा प्रयोग गरिने डेन्टल मेटेरियल को गुणस्तर र त्यसको अनुगमन गर्ने संयन्त्र नहुदा गुणस्तर र मुल्यमा समस्या पैदा भयको र डेन्टलको उपचार महंगो भयको,मुखमा प्रयोग रहने बस्तु र तेस्मा प्रयोग हुने सामाग्रि को सहि रेकर्ड सरकारि संयन्त्र मा नहुदा अनुसन्धान र गुणस्तर कायम गर्नसमेत असहज हुने हुदा उक्त डेन्टल ऊपचार मा प्रयोग हुने दन्त सामान हरुको औसधि ब्यबस्था बिभाग मा दर्ता भई गुणस्तर जांच गरि प्रयोग मा ल्याउने ब्यबस्था मिलाईकार्यान्वयनको लागि हार्दिक अनुरोध गर्दछौ।

बजारमा पाईने औँषधीजन्य मञ्जन र दैनिक प्रयोग मा आउने मञ्जन बुरूस को गुणस्तर परिक्षण गरि गुणस्तर भयका औषधिजन्य मञ्जन लाई दर्ताँवाल दन्त चिकित्सक वा दर्तवाल डेन्टल हाईजेनिस्ट सिडि एस ,डेन्टल हाइजेनिस्ट ,डेन्टल असिस्टेन्ट को सिफारिसमा मात्र बिक्रिबितरण गरुने ब्यबस्था मिलाउन अनुरोध गर्दछौ साथै अन्य मञ्जन र बुरुसको हकमा न्युनतम मापदण्द बनाइ प्रयोग मा ल्याउन जारुरि छ।

उक्त कम्पनिहरुले पब्लिक लाइ जनचेतना अभिबृदि गराउन,र बिभिन्न जनउत्तरदायि कार्य अनिबार्य गरि दाँत र मुखको रोग घटाउन कार्यक्रम अनिबार्य गराउन यक निर्देसिका बनाइ लागु गर्नुपर्ने।

बजारमा बिक्रि बितरण गरिने बिभिन्न मुख कुल्ला गर्ने औषधिजन्य झोल र अन्य चोकचोकमा पब्लिक लाइ डेमो गरि बिक्रि बितरण गरिने एसिड हरुको अनुगमन गर्ने ब्यबस्था मिलाइ मुख स्वास्थ्यको छुट्टै संयन्त्र गठन गरिनुपर्ने।

मुखको उपचार मा प्रयोग गरिने दन्त सामाग्रिहरुको गुणस्तर मापन गराउन औषधि ब्यबस्था बिभाग मा डेन्टल को यक संयन्त्र बनाइ डेन्टल को सबै एसोसिसन ,परिसद्, काउन्सिल सहितको समिति बनाइ उचारमा प्रयोग गरिने मेटिरियल हरुको गुणस्तर जाँच गरि प्रयोग मा ल्यउनुपर्ने ।डेन्टलको
औषधिजन्य मेटिरिएल लाई औषधि ब्यबस्था बिभाग मार्फत् आउने ब्यबस्था गर्नुपर्ने।

बोधार्थ
१श्रीमान सचिब ज्यु ,स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालय
श्री माईकल देबकोटा
अध्यक्ष
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन

 



प्रतिक्रिया दिनुहोस्