Logo

सूर्य थापालाई धमलाको प्रश्न– हिजोआज प्रचण्डलाई खुइल्याउन छाड्नुभयो नि



काठमाडौं, १९ माघ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको राग अलाप्नु पण्डितले वेद र पास्टरले बाइबल पढ्नुजस्तै भएको बताएका छन् ।
‘पहिले हामीबीच लडाइँको बेला थियो, अहिले सहकार्य चलिरहेको छ । सत्यनारायण पूजा लागेका बेला, लाखबत्ती बालिरहेका बेला शंख फुकिन्छ र ? प्रचण्डले राष्ट्रिय सहमति भन्नु पण्डितले वेद र पास्टरले बाइबल पढ्नुजस्तै त हो नि । प्रचण्डले एमालेलाई धोका दिनुहुन्छ भनेर गोयबल्स शैलीमा फलाकेर सत्य साबित गर्न सकिन्छ र ? अहिले त्यतातिर नजाऊँ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई कुनै असहयोग नगरेको र प्रचण्डले पनि त्यस्तो महसुस नगरेको दाबी उनले गरे । थापाले थपे, ‘उहाँ पहिलेको प्रचण्ड होइन, बदलिएको पुष्पकमल दाहाल प्रचण्ड हो । उहाँ बदलिएर नै बालुवाटारबाट खुमलटार, खुमलटारबाट बालकोट पुग्नुएको हो । यो गठबन्धन नगरी नहुने अवस्थामा बनेको हो । यो सरकार पनि बाध्यताले बनेको हो । रहरले बनाएको सरकार होइन । त्यसैले निराशाको खेती नगरौं । प्रचण्डलाई सुध्रिन मौका दिनुस्  न ऋषिजी ।’



प्रतिक्रिया दिनुहोस्