Logo

‘निफ’को जुरीमा नेपालबाट अभिनेत्री कार्की र बलामी मनोनित



काठमाडौं, १९ माघ । चैत २ देखि ६ गते (मार्च १६-२०)सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'(निफ)को जुरी कमिटीमा दुई जना नेपाली कलाकर्मी मनोनित भएका छन्।

निफको जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचरतर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन्।

निफमा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।

‘निफ’मा एक दर्जनभन्दा बढी रचनात्मक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्