Logo

मेसीले फुटबल जगतबाट सन्यास लिँदै



काठमाडौं, १९ माघ । फुटबल जगतका चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिने संकेत दिएका छन्। एक अन्तर्वार्तामा आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको र अब केही हाँसिल गर्न बाँकी नरहेकोले विश्रामतिर जाने सङ्केत गरेका हुन्।

मेसीले ७ पटक बलून डी’ओर अवार्ड जितिसकेका छन्। उनको नाममा च्याम्पियन लिगदेखि लिएर ला लिगा ट्रफिसम्म रहेका छन्। २०२१ मा उनले कोपा अमेरिका कप पनि जितेका थिए। उनी फिफा विश्वकप २०२२ का सर्वश्रेष्ठ खेलाडीमा पनि चुनिएका थिए।

मेसीले भने, ‘ब्यक्तिगत हिसाबले मैले आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको छु। विश्वकप ट्रफि मेरो करियरलाई अन्त्य गर्ने अनौठो बाटो निक्ल्यो। जब मैले खेल्न सुरु गरेको थियो तब कहिले सोचेको थिएन कि यी सब मसँग हुनेछन्। खासगरेर विश्वकप जित्नु नै सबैभन्दा शानदार रहेको छ। अब केही बाँकी रहेको छैन।’

मेसीले सन् २०२२ को फिफा विश्वकपमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए।



प्रतिक्रिया दिनुहोस्