Logo

रबिले सरकार छाड्दा प्रचण्डलाई कस्तो असर ?



काठमाडौं, १८ माघ । रबि लामिछानेले गृहमन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने यतिबेला चर्चा चलिरहेको छ।

रास्वपा सरकारबाट बाहिरिदाँ रास्वापाका २ मन्त्री र एक राज्यमन्त्री बाहिरिनेछन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ।

प्रचण्ड सरकारले पहिलोपटक विश्वासको मत लिदैं गर्दा २० सांसद् रहेको रास्वपाको हाल सांसद्‍ संख्या घटेर १८ पुगेको छ।

रास्वपाकी इन्दिरा राना मगर यतिबेला प्रतिनिधिसभाकी उपसभामुख रहेकी छिन् भने पार्टी सभापति रहेका रबि लामिछानेको सांसद्‍ पद सर्वोच्चले खारेज गरिदिएको छ।

हालसम्म सरकारमा रास्वपासहित ५ पार्टी रहेका छन्। यदि रास्वपा सरकारबाट बाहिरिए एमालेका ७८, माओवादीका ३२, राप्रपाका १४ र जनमतका ६ जनागरी १३० जना सांसदको मात्रै सरकारसँग समर्थन रहन्छ। तर प्रधानमन्त्री प्रचण्डलाई पहिलोपटक विश्वासको मत सरकार बाहिर रहेका कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपालगायतले पनि दिएका थिए।

यसरी उनले जम्मा २६८ सांसद्‍को विश्वासको मत पाएका थिए। उनलाई बहुमतका लागि जबकी १३८ जना सांसदको मात्रै आवश्यकता थियो।

हाल गृहमन्त्रालय नदिदाँ प्रधानमन्त्री प्रचण्डसँग रास्वपा मात्रै टाढिएको छभने अन्य दलहरुसँगको प्रचण्डको सम्बन्ध पहिलाको जस्तै छ।

यदि रास्वपाले सरकार छाडँदा प्रचण्डसँग एक शक्तिशाली मन्त्रालयसहित ४ मन्त्री र एक राज्यमन्त्रीको पद खालि हुनेछ र त्यसका लागि उनी अन्यकुनै दललाई सरकारमा सहभागी गराउन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस्