Logo

रास्वपा सांसद परियार भन्छन् : बैठक जारी छ, कुनै निर्णय भएको छैन्



काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी रहेको बताएका छन् । उनले अहिलेसम्म कुनै निर्णय नभएको पनि जानकारी गराएका छन् ।

रास्वपाले आजै सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिने चर्चा भैरहेको बेलामा परियारले भने अहिले छलफल जारी रहेको र कुनै निर्णय नभएको स्पष्ट पारे । पार्टीले पाएको गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले दिन आनाकानी गरेपछि रास्वपा सरकारबाट बाहिरिने तयारीमा छ ।

सभापति रवि लामिछानेले पनि यसको संकेत गरेका छन् । तर, पार्टीभित्र अधिकांक नेता तथा सांसदहरु सरकारबाट बाहिरिन नहुनेमा छन् । बहुमत सदस्यहरुको असहमति भएको कारण सभापति लामिछानेले भने कुनै निर्णय लिन सकेका छैनन् ।

उता, प्रधानमन्त्री दाहालले पनि भोलिसम्म ठोस निर्णयमा पुगिने बताएका छन् । उनले गठबन्धन नभत्किने र रास्वपाले पनि समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्