Logo

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, प्रधानमन्त्रीलाई २ दिनसम्म कुर्ने (भिडिओसहित)



काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने वा नबाहिरिने भन्नेबारे दुई दिनको समय लिने निर्णय गरेको छ । अहिले भर्खरै सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री मुकुल ढकालले यस्तो जानकारी दिए ।

उनले भने,”पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्यौं । उपस्थित् सबैजनाले आ आफ्नो भनाई राख्नुभयो । पार्टी जीवनमा जटिल परिस्थिति आएकोले सबैले धारणा राख्नुभयो । पार्टी बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबाट सभापति लामिछानेलाई फोन आएको थियो । उहाँहरुले संयुक्त बैठकलाई सन्देश पठाउनुभयो । रास्वपाले समग्र परिस्थितिलाई ध्यान दिएर जानुपर्छ भन्नुभयो । दुई दिनको समय माग्नुभयो । बैठकले अब उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपनि बस्ने कुरा गरेको छ ।”

प्रधानमन्त्री दाहालले मागेको २ दिनको समय भएकोले अबको दुई दिनपछि बैठक बस्ने र आवश्यक निर्णय लिईने ढकालले बताए । उनले गृहमन्त्रालय आफूहरुले पाएकोले कसलाई पठाउने भन्नेबारे प्रधानमन्त्रीले नाम मागेपछि निर्णय लिने बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्