Logo

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार



काठमाडौं, माघ २० । अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।

पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।

त्यस्तै, अदालतबाटै दोषी ठहर भई ‘ फरार सूची’मा रहेका अर्का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाटै पक्राउ गरेको हो ।

चौधरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । उनीमाथि कैलाली गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु२त २११ नम्बरको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेको आरोप छ ।

त्यसबखत ट्याक्टर मालिक महादेव बजगाईंले ‘आफ्नो ट्याक्टरमा आगो लगाइदिएको’ भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध २ भदौ २०६७ मा मुद्दा दायर गर्दै उजुरी दिएका थिए । उजुरीमा महादेवले ८ लाख ७५ हजार क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

ट्याक्टरमा आगो लगाएको आरोपमा अरुण चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँको सजाय फैसला गरेको थियो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरी गरी तीनै जनालाई ६÷६ महिनाको दरले कैद सजाय तोकिएको थियो ।

अदालतबाट सजाय तोकिएको नौ वर्षपछि प्रहरीले प्रतिनिधिसभा सदस्य बनेका चौधरीलाई पक्राउ गरेको हो । अरुण चौधरी अदालतबाट सजाय फैसला भएको दशकसम्म समेत फरार रहँदै आएका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो । प्रहरीले ‘फरार सूची’मा रहेका एमाले सांसद कोइरीलाई भने खोजी गरिरहेको जानकारी दिएको छ । उनी ‘कहाँ छन् रु’ भन्ने विषयमा प्रहरी नै अनविज्ञ रहँदै आएको छ ।

‘प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रमा परिपत्र गरेको छ । कोइरीले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ । कोइरी संसद्भित्र खुलमखुला हिँडेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेकोसमेत चर्को आलोचना भएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्