Logo

माओवादी नेता जिम्मेवारी विहिन, गृहमै अल्झिदै बैठक



काठमाडौं, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।

११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न भएको थियो । त्यसपछिको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई चयन ग¥यो । धेरै छलफल र बैठकपश्चात पदाधिकारी चयन भए पनि अहिलेसम्म केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, विभागलगायत बाँकी नै छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले नेताका जिम्मेवारी बाँडफाँटलगायत टुंगो लगाउने भनिएको थियो । तर, सो बैठक यसबारे कुनै निर्णय नै नगर्दै सकिएको छ । आन्तरिक छलफलमै अड्किएका कारण ढिलाइ भइरहेको छ ।

माओवादी केन्द्र महासचिव देव गुरुङ नेतृत्वमा उपमहासचिव सदस्य रहेको कार्यदलले नेताका कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।

गत मंगलबार बसेको पदाधिकारी बैठकले तीन नेतालाई अन्तिम टुंगो लगाउने जिम्मेवारी दिइएको थियो । यी तीन नेतासमेत आन्तरिक छलफलमै छन् । पार्टी महाधिवेशन भएको एक वर्षभन्दा बढी समय बितिसके पनि जिम्मेवारी बाँडफाँट नहुँदा नेताहरू जिम्मेवारीविहीन छन् ।

नेताका जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीलाई पूर्णता, विभाग गठनलगायत एजेन्डामा छलफल गर्न बोलाइएको माओवादी केन्द्र स्थायी कमिटी बैठक गृह मन्त्रालयमै अल्झिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्