Logo

जब धोनी प्रहरी अधिकृत बने…



एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी सधैंजसो आफ्ना फ्यानहरुलाई सरप्राइज दिँदै आएका हुन्छन्। यसपटक पनि उनले आफ्ना फ्यानहरुलाई एउटा सरप्राइज दिएका छन्।

आजकाल धोनीको एउटा फोटो समाजिक सञ्जालमा भाइरल बनेको छ। यस फोटोमा धोनी प्रहरी अधिकारीको बर्दीमा देखिएका छन्।

वास्तवमा धोनी कुनै प्रहरी अधिकारी हैनन् न त कलाकार नै हुन्। तर उनी विज्ञापनहरुमा भने देखिन्छन्। यसपटक पनि उनी एक विज्ञापनमा प्रहरी अधिकारी बनेका छन्।

धोनीको यस विज्ञापनबाट प्रहरी अधिकारीको दृष्य भाइरल बनेको छ। समाजिक सञ्जालमा उनका यो दृष्य फ्यानहरुलाई धेरै मनपरेको छ।



प्रतिक्रिया दिनुहोस्